Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kapilvastu

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kapilvastu

Saturday, Bhadra 27, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

परिचय

कपिलवस्तु जिल्लाको परिचय

कपिलवस्तु जिल्ला नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो। जिल्लाको कुल क्षेत्रफल १,७३८ वर्ग किलोमिटर रहेको छ। यसको पूर्वमा रूपन्देही जिल्ला,  पश्चिममा दाङ जिल्ला,  उत्तरमा अर्घाखाँची जिल्ला  तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछन्।

जिल्ला २७°२५' देखि २७°४९' उत्तरी अक्षांश तथा ८२°४१' देखि ८३°१४' पूर्वी देशान्तरमा अवस्थित छ। पूर्व–पश्चिम लम्बाइ करिब ५४ कि.मि. र उत्तर–दक्षिण चौडाइ करिब ३२ कि.मि. रहेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तु जिल्लाको कुल जनसंख्या ६,७८,६८५ रहेको छ, जसमा पुरुष ३,३१,६४६ र महिला ३,४७,०३९ रहेका छन्। जिल्लामा कुल १,२१,८६१ घरधुरी रहेका छन्। जनसंख्याको दृष्टिले बाणगंगा नगरपालिका सबैभन्दा ठूलो स्थानीय तह हो भने विजयनगर गाउँपालिका सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह हो।

स्थानीय तहगत जनसंख्या तथा घरधुरी विवरण अनुसार बाणगंगा नगरपालिकामा २३,३२५ घरधुरीमा ९६,७१४ जनसंख्या, कपिलवस्तु नगरपालिकामा १५,३८२ घरधुरीमा ८८,८७४ जनसंख्या, शिवराज नगरपालिकामा १६,२४१ घरधुरीमा ८४,८१० जनसंख्या तथा बुद्धभूमि नगरपालिकामा १५,३७९ घरधुरीमा ७६,५०७ जनसंख्या रहेको छ।

त्यसैगरी कृष्णनगर नगरपालिकामा १०,६७० घरधुरीमा ७०,१११, महाराजगञ्ज नगरपालिकामा ९,८२० घरधुरीमा ६४,६४५, मायादेवी गाउँपालिकामा ८,४४३ घरधुरीमा ५५,९७२, शुद्धोधन गाउँपालिकामा ८,५४३ घरधुरीमा ५२,८६१, यशोधरा गाउँपालिकामा ६,९९९ घरधुरीमा ४४,९०० तथा विजयनगर गाउँपालिकामा ७,०५९ घरधुरीमा ४३,२९१ जनसंख्या रहेको छ।

ऐतिहासिक महत्व

कपिलवस्तु प्राचीन शाक्य राज्यको केन्द्र हो। यहाँ तिलौराकोट अवस्थित छ, जुन शाक्यवंशी राजा शुद्धोधन को राजधानी तथा राजकुमार सिद्धार्थ गौतम ले आफ्नो प्रारम्भिक २९ वर्ष बिताएको स्थल मानिन्छ। भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजप्रासाद रहेको यस स्थानमा सिद्धार्थ गौतमले राजकुमारको रूपमा आफ्नो बाल्यकाल तथा युवावस्थाको जीवन बिताएका थिए। लुम्बिनीमा जन्मिएका सिद्धार्थले ज्ञान प्राप्तिको खोजीमा निस्कनुअघि तिलौराकोटमै २९ वर्षसम्म जीवनयापन गरेका थिए। यस कारण तिलौराकोटलाई बुद्धसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण पुरातात्विक स्थल मानिन्छ।

प्राचीन कपिलवस्तु तिलौराकोट:

तिलौराकोट सदरमुकाम तौलिहवाबाट करिब ३ कि.मि. उत्तरपश्चिममा वाणगंगा नदीको पूर्वी किनारमा अवस्थित छ। यहाँ उत्खननबाट प्राचीन राजप्रासाद, सुरक्षा पर्खाल, पोखरी,  पाठशाला, विहार, सिक्का, माटाका भाँडा, हतियार तथा अन्य पुरातात्विक सामग्री फेला परेका छन्। धननिहवा जोडा स्तूप राजा शुद्धोधन र महारानी मायादेवीको स्मृतिमा निर्माण गरिएको मानिन्छ ।

स्थानीय तहहरू

नगरपालिका (६)

  1. कपिलवस्तु नगरपालिका
  2. बाणगंगा नगरपालिका
  3. बुद्धभूमि नगरपालिका
  4. शिवराज नगरपालिका
  5. कृष्णनगर नगरपालिका
  6. महाराजगञ्ज नगरपालिका

गाउँपालिका (४)

  1. शुद्धोधन गाउँपालिका
  2. मायादेवी गाउँपालिका
  3. यशोधरा गाउँपालिका
  4. विजयनगर गाउँपालिका

राजनीतिक विभाजन

  • संघीय संसद निर्वाचन क्षेत्र: ३
  • प्रदेश सभा निर्वाचन क्षेत्र: ६
  • स्थानीय तह: १० (६ नगरपालिका र ४ गाउँपालिका)

भूगोल र भू वनावट

जिल्लालाई मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ:

  1. चुरे क्षेत्र : उत्तरतर्फ, करिब १,००० फिटसम्म उचाइ।
  2. भावर क्षेत्र: चुरेको फेदीबाट दक्षिणतर्फ फैलिएको भूभाग।
  3. तराई क्षेत्र : दक्षिणको समथर भूमि, भारतसँग सीमा जोडिएको क्षेत्र।

वाणगंगा नदी ले जिल्लालाई दुई भागमा विभाजन गरेको छ।

प्रमुख नदीहरू: वाणगंगा ,अर्रा ,अगिया,कोईली ,सुराई ,चिराई ,गुडरुङ ,जमुवार

प्रमुख तालहरू:

  • जगदीशपुर ताल,सगरहवा ताल,कोपवा ताल,बुड्ढी ताल ,हरिहरपुर ताल ,कर्मा ताल ,घोघहवा ताल, पुरैनी ताल

प्रमुख पुरातात्विक तथा ऐतिहासिक स्थलहरू: तिलौराकोट ,कुदान ,गोटिहवा, सगरहवा ,निग्लिहवा

धार्मिक तथा सांस्कृतिक सम्पदाहरू:,तौलेश्वर मन्दिर, समयमाई मन्दिर , ताम्रेश्वरनाथ महादेव ,शिवगढी , रामघाट ,लक्ष्मणघाट

प्रमुख चाडपर्व: दशैं , तिहार ,फाल्गुण पूर्णिमा (होली) , रामनवमी , महाशिवरात्रि ,चैते दशैं ,तीज ,मकर सङ्क्रान्ति ,मोहर्म ,ईद ,बकर ईद

प्रमुख मेला: रामघाट मेला , लक्ष्मणघाट मेला ,रामलीला मेला, थारु पर्व, शिवगढी मेला, हथौसा मेला

प्रमुख व्यापारिक केन्द्रहरू: तौलिहवा, कृष्णनगर , चन्द्रौटा , गोरुसिंगे , जितपुर , पकडी , लवनी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Last Updated : 2083-05-26 10:07:02

© All Rights Reserved to District Administration Office, Kapilvastu