Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८२।०६।२३ गते गरिएको बजार अनुगमन ।

८ महिना अगाडी २०८२-०६-२३

1760003359617(1).jpg तस्बिर :

नजिकै आई रहेको दिपावली तथा छठ  पर्व समेतमा बढी खपत हुने  मिष्ठानमा अखाद्य रङ्गको प्रयोग तथा गुणस्तरहिन तेलको प्रयोग भई जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको भन्ने प्राप्त गुनासो      समेतलाई दृष्टिगत  गरि   मिति २०८२।०६।२३ गते यस जिल्ला अन्तर्गत कपिलवस्तु नगरपालिकाको पचेहरा र मायादेवी गाउँपालिकाको फुलिका, बर्रोहिया र पकडी क्षेत्रको विभिन्न चिया नास्ता र मिठाई पसलहरुको स.प्र.जि.अ.श्री पदम लाल लामिछानेको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीबाट अनुगमन  गरियो । अनुगमनको क्रममा  अखाद्य रङ्गको  प्रयोग भएका तथा खान अयोग्य केही मिठाई तथा गुणस्तरहिन तेल समेत नष्ट गरिएको छ । जम्मा १० वटा पसलहरुको अनुगमन गरिएकोमा अखाद्य बस्तु तथा तेल गरी अनुमानित रु.६,०००/- रुपैयाँ बराबरको सामान नष्ट गरिएको छ । प्रवर्द्धनात्मक  ढंगले गरिएको बजार अनुगमनमा व्यवसाय दर्ता, नविकरण, मूल्यसूची र सरसफाई लगायतका विषयमा व्यवसायीहरुलाई सुझाव दिइएको थियो । उक्त टोलीमा जिल्ला प्रशासन कार्यालय, लगायत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, को.ले.नि.का. स्थानीय प्रहरी तथा पत्रकार समेतको उपस्थिति रहेको  थियो ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:40:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु .